क्रिकेट

पीएनजीमाथि नेपालको शानदार जित

इकागज |
फागुन २९, २०८० मंगलबार १०:१३ बजे

काठमाडौँ- हङकङमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) माथि शानदार जित हात पारेको छ ।

मंगलबार भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले पराजित गरेको हो ।


जितका लागि १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १३ रनमात्र बनाउन सक्यो ।

पीएनजीका लागि हिरि हिरिले सर्वाधिक २८ रन तथा सेसे बाउले २१ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४, प्रतिश जिसीले २ तथा आकाश चन्द र गुल्सन झाले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९८ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ५९ तथा सन्दीप जोराले ५६ रन बनाए । पीएनजीका असाद भालाले सर्वाधिक २ विकेट हात पारे ।


Author

थप समाचार
x