क्रिकेट

नेपाल र आयरल्याण्ड उल्भ्सको पहिलो टी-२० आज

इकागज |
चैत १२, २०८० सोमबार ६:५४ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिज आजदेखि शुरु हुँदैछ ।

नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड उल्भ्ससँग आज पहिलो खेल खेल्दैछ । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुने छ ।     


यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा र आकाश चन्द रहेका छन् ।

नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड उल्भ्ससँग मार्च २५ र २६ मा दुई टी-२० खेल खेल्दैछ । 

त्यसपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दैछ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुनेछ ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल्‍न लागेको हो ।


Author

थप समाचार
x