क्रिकेट

नेपालले दियो आयरल्यान्ड उल्भ्सलाई १९९ रनको लक्ष्य

इकागज |
चैत १३, २०८० मंगलबार १४:३५ बजे

काठमाडौँ- नेपालले दोस्रो टी-ट्वान्टी खेलमा पाहुना टोली आयरल्यान्ड उल्भ्सलाई १ सय ९९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रन बनायो ।


नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन तथा गुल्सन झाले ४६ रनको योगदान गरे । कुशल मल्लले ३४ रन जोडे ।

कुशल भुर्तेल २५ रन, आशिफ शेख ११ रन तथा अनिल साह १२ रनमा आउट भए । सन्दीप जोराले २१ रन बनाए ।

आयरल्यान्ड उल्भ्सका लागि म्याथ्यु फोस्टरले ३ र बेन ह्वाइटले २ तथा गाभिन होए र फियोन ह्यान्डले १-१ विकेट हात पारे ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।


Author

थप समाचार
x