क्रिकेट

नेपाल 'ए' ले आयरल्यान्ड उल्भ्सलाई हरायो

इकागज |
चैत १९, २०८० सोमबार १६:५२ बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल 'ए' ले जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल 'ए' ले आयरल्यान्ड उल्भ्सलाई ३ रनले हराएको हो । यससँगै आयरल्यान्ड उल्भ्सले सिरिज २-१ ले जितेको छ ।


सोमबारको खेलमा २ सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड उल्भ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो ।

आयरल्यान्ड उल्भ्सका लागि गारेथ डिलानीले ६८ रन तथा मोर्गान टोपिङले ६० रन जोडे । रोस अडायरले ३१ रन बनाए ।

नेपाल 'ए' का लागि बिपिन खत्रीले ३ तथा कमल सिंह ऐरी, राशिद खान र नारायण जोशीले १-१ विकेट हात पारे ।  

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल 'ए' ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनायो ।

नेपाल 'ए' का लागि आरिफ शेखले ९३ रन बनाए । राशिद खानले २४, पवन सर्राफले १३ रन तथा बसिर अहमदले १९ रन जोडे । कमल सिंह ऐरीले १९ रनको योगदान गरे ।

आयरल्यान्ड उल्भ्सका लागि फियोन ह्यानले २ तथा म्याथ्यू फोस्टर, गारेथ डिलानी, लियाम म्याककार्थी र गाभिन होएले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x