क्रिकेट

नेपाल 'ए' को उत्कृष्ट बलिङ, आयरल्याण्ड उल्भ्स १५७ रनमा अल आउट

इकागज |
चैत २१, २०८० बुधबार १२:४१ बजे

काठमाडौँ- आयरल्याण्ड उल्भ्सले नेपाल 'ए'लाई १५८ रनको लक्ष्य दिएको छ । 

आजदेखि शुरु भएको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्याण्ड उल्भ्सले टस जितेर पहिला ब्याटिङ गर्दै १५७ रन मात्र बनाएको हो । आयरल्याण्ड उल्भ्सले ३८.३ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो । 


आयरल्याण्ड उल्भ्सका लागि काड कारमाइकलले सर्वाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए । 

त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २-२ विकेट लिएका थिए । त्यस्तै रिजन ढकालले एक विकेट लिएका थिए ।


Author

थप समाचार
x