क्रिकेट

आईपीएल २०२४ : दिल्लीमाथि कोलकाताको फराकिलो जित

इकागज |
चैत २२, २०८० बिहीबार ६:३४ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो ।

कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो ।


त्यसैगरी यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । यो आईपीएल इतिहासमा एक इनिंगमा बनेको दोस्रो ठूलो रन हो । यसअघि यसै आईपीएलमा सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो ।

यो जितपछि कोलकाताले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी दिल्लीको भने ४ खेलमा एक जित र तीन हारसहित २ अंक रहेको छ ।
  


Author

थप समाचार
x