क्रिकेट

आयरल्यान्ड उल्भ्सले नेपाल 'ए' लाई दियो २८५ रनको लक्ष्य

इकागज |
चैत २५, २०८० आइतबार १३:५ बजे

काठमाडौँ- घरेलु टोली नेपाल 'ए' विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा आयरल्यान्ड उल्भ्सले २ सय ८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो ।


आयरल्यान्ड उल्भ्सका लागि स्टेफेन डोहनीले १ सय ७ रनको योगदान गरे । पीटर मुरले ४४ रन तथा मोर्गन टोपिङले २१ रन बनाए । गाभिन होएले १४ रन बनाए ।

फियोन ह्यान्डले २० रन जोडे । म्याथ्यु हमफ्रेयसले २३ रन तथा बेन ह्वाइटले १९ रनको योगदान गरे ।

नेपाल 'ए' का लागि रिजन ढकाल र रञ्जित कुमारले समान ३-३ विकेट तथा विकास आग्री र शहाब आलमले १-१ विकेट हात पारे ।

यसअघि आयरल्यान्ड उल्भ्सले पहिलो खेल २१ रन तथा दोस्रो खेल १ सय १४ रनले जितेको थियो ।


Author

थप समाचार
x