क्रिकेट

गुजरातमाथि लखनउको शानदार जित

इकागज |
चैत २६, २०८० सोमबार ६:३९ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो ।

लखनउले दिएको १६४ रनको लक्ष्य पछाएको गुजरात १८.५ ओभरमा अल आउट हुँदै १३० रन मात्र बनाएपछि खेल ३३ रनले हारेको हो ।


यस अघि लखनउले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

यो जितपछि लखनउको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी गुजरातको भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ । 


Author

थप समाचार
x