क्रिकेट

आइपीएल​ : बेंगलोरको पाँचौ जित

इकागज |
बैशाख ७, २०७९ बुधबार ६:३३ बजे

काठमाडौं - लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै  रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ   ।

१८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँँदै १६३ रनमा समेटियो । लखनऊका क्रुनाल पान्ड्याले  सर्वाधिक ४२ रन बनाए ।  लोकेश राहुलले ३० रनको योगदान गरे ।


बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको योगफल तयार पार्यो ।

बेंगलोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन बनाए । लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले समान दुई  विकेट लिए । ​जितपछी  बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।

लखनऊ ७ खेलमा ४  जित र ३  हारसहित चौथो स्थानमा छ ।


Author

थप समाचार
x