क्रिकेट

अष्ट्रेलियन क्रिकेटर सायमन्ड्सको ४६ वर्षकै उमेरमा निधन

इकागज |
जेठ १, २०७९ आइतबार ६:३६ बजे

काठमाडौँ – अष्ट्रेलियाका पूर्व क्रिकेटर एन्ड्रयू सायमन्ड्सको ४६ वर्षको उमेरमा निधन भएको छ । शनिबार राति क्वीन्सल्यान्डको टाउन्सभिल्लामा भएको कार दुर्घटनामा सायमन्ड्सको मृत्यु भएको अष्ट्रेलियाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सायमन्ड्सको कार राति ११ बजे दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले उनलाई बचाउने प्रयास गरेपनि चोटका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


सायमन्ड्सले अष्ट्रेलियाका लागि सन् २००४ देखि २००८ सम्म २६ टेष्ट, १ सय ९८ एकदिवसीय तथा १४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए । उनले एकदिवसीयमा सायमन्ड्सले ६ शतक प्रहार गर्दा १ सय ३३ विकेट लिएका थिए ।

सायमन्ड्सले सन् २००३ मा अष्ट्रेलियालाई विश्वकपको उपाधि दिलाउने क्रममा सेमिफाइनल खेलमा पाकिस्तानविरुद्ध १ सय ४३ रन जोडेका थिए । उनले २००७ मा अष्ट्रेलियालाई विश्वकपको उपाधि दिलाउन पनि मूख्य भूमिका निर्वाह गरेका थिए ।

यसै वर्ष अष्ट्रेलिया क्रिकेटले अर्का महान क्रिकेटरहरु रोड मार्स र शेन वार्नलाई समेत गुमाएको थियो ।


Author

थप समाचार
x