अपराध

घरभित्र लुकाएर राखेको हातहतियार बरामद

इकागज |
मंसिर ४, २०८० सोमबार १३:२४ बजे

फाइल फोटो

रौतहट - यमुनामाइ गाउँपालिका(३ मलेनियास्थित फुसको छानो भएको कच्ची घरबाट मेड इन युएसए लेखिएको पेस्तोल २ थान, पेस्तोल १ थान, एयर गन १ थान, गोली १३ राउण्ड, पेस्तोलको खाली म्याग्जिन ६ थान, मोबाइल २ थान, घडि १ थान, सिमकार्ड ४ थान, पेनड्राइभ १ थान र शेख एजाज अहमदको नामको नेपाली नागरिकता १ थान बरामद भएको छ ।

 उक्त घरभित्र हातहतियार लुकाइ राखेको भन्ने जिल्ला प्रहरी कार्यालय रौतहटमा सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसमेतको संयुक्त टोलीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारी बरामद गरेको हो । 


बरामद हातहतियार ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखि प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ । 


Author

थप समाचार
x