अपराध

बुवाको हत्या आरोपमा छोरा पक्राउ

इकागज |
मंसिर २७, २०८० बुधबार १५:७ बजे

सांकेतिक तस्विर

चितवन - आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले सामान्य वादविवाद हुँदा ढुङ्गाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 


इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Author

थप समाचार
x