अपराध

४० लाखको अवैध सामग्री र खनिज पदार्थ बरामद

इकागज |
साउन १५, २०७८ शुक्रबार १२:३९ बजे

सुर्खेत - सुर्खेत प्रहरीले झण्डै ४० लाख बराबरको अवैध सामान र खनिज पदार्थ बरामद गरेको छ । काठमाडौंबाट जुम्ला जाँदै गरेको ना ६ ख ६३६८ नम्बरको बसमा विभिन्न प्रकारका अवैध मालसामानहरू राखिएको विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी चौकी छिन्चुबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको हो । उक्त सामानसहित शुक्रवार पाँच जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा अवैध खनिज पदार्थ, बसबाट अवैध सामग्री ल्याउने चालक रहेका छन् ।  अवैध सामान ल्याएको भन्दै प्रहरीले सवारी चालक दलबहादुर बोहोरालाई नियन्त्रणमा लिएको छ । बरामद गरिएका सामान आवश्यक छानविनका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर बाँके पठाइएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । 


निलो रंगको लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थसहित प्रहरीले चार जनालाई पक्राउ भेरीगंगा नगरपालिका–१० तालवारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–३ का २८ वर्षीय धनिराम सुनार, लेकवेशी नगरपालिका–५ का २९ वर्षीय धिरेन्द्र शाही, वीरेन्द्रनगर–१२ का ५२ वर्षीय हर्कबहादुर सुनार र बनगाड कुपिण्डे नगरपालिका–९ सल्यानका ५५ वर्षीय भिमसेन भन्ने भिउसने बुढा छन् ।

खनिज पदार्थ ओसार पसार गरी ल्याई आइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका  डिएसपी एंव प्रवक्ता घर्तीले जानकारी दिए । उनकाअनुसार ‘मोटरसाईकल रोकी पैदल हिडेका र मोटरसाईकलमा भएका उनीहरूलाई चेक जाँच गर्दा बुढाले लगाएको पाइन्टको पकेटमा लेपिस नामको खनिजपर्दा जस्तो देखिने ढुंगो  भेटिएको थियो । उक्त लेपिस नामको  खनिज पदार्थ एक सय ४० ग्रामको रहेको छ । प्रहरीले उनीहरूले प्रयोग गरेको भे ४ प ९३३२ नम्बर मोटरसाइलक समेत नियन्त्रणमा लिएको छ । बरामद गरिएको खनिज पदार्थ भने आवश्यक कारबाहीको लागी खनिज तथा भुगर्भ कार्यालय वीरेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x