कूटनीति

परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकामा उच्चस्तरीय भेटवार्ता गर्ने

इकागज |
माघ १७, २०७९ मंगलबार २१:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रूपमा सहभागी हुन श्रीलंकाको भ्रमण गर्ने छिन् ।

उनी आफ्ना श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने समारोहमा सम्मानित अतिथिका रूपमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चौकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी उनी माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छिन् ।

परराष्ट्रमन्त्री डा पौड्याल माघ २० तारिख कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौँ फर्कने कार्यक्रम छ ।


Author

थप समाचार
x