कूटनीति

नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास

इकागज |
असार २६, २०८० मंगलबार २०:३ बजे

फाइल फोटो

काठमाडौँ - संघीय संसद्, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गरेकी छिन् । 

यही असार २३ र २४ (जुलाई ८–९ २०२३) गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा भाग लिएर सोमबार राति स्वदेश फर्किएपछि उनले आज पत्रकार सम्मेलन गरी सो कुरा बताएकी हुन् । 


यही असार २३ गते कार्यक्रम उद्घाटन समारोहमा उपसभामुख रानाले सम्बोधन गरेकी थिइन् । उक्त समारोहमा रानाले नेपालको पर्यावरणीय अवस्था, जलवायु परिवर्तन र त्यसको असरलगायतका विषयमा बोलेकी थिइन् । 

उक्त उद्घाटन सत्रको प्रमुख वक्ताका रूपमा जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य लिउ गोउजोङ थिए र गिनीका उपराष्ट्रपति र मलेसियाका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीले पनि आफ्नो मन्तव्य राखेको उपसभामुख रानाले जानकारी दिइन् । 

सो कार्यक्रममा सहभागी हुन चीन गएको उपसभामुख रानासहितको नेपाली टोलीलाई गुइछुउ मा उक्त प्रदेशका सरकार तथा पार्टीका नेताले भेट तथा स्वागत गरेकी थिइन् । कार्यक्रमको मुख्य सत्रमा नेपाली संघीय प्रतिनिधिमण्डलले ग्रीन एण्ड लो–कार्बन डेभलपमेन्ट शीर्षकको छलफलमा भाग लिएको थियो । 

उक्त सत्रमा नेपालका तर्फबाट उपसभामुख रानाले नेपाल–चीन सम्बन्ध, पर्यावरण संरक्षणका लागि नेपालले गरेको प्रयास र त्यसका लागि मित्रराष्ट्र चीनले गर्नसक्ने सहकार्य, हिमालय क्षेत्रमा बसोबास गर्ने मानव समुदायको जीविकोपार्जनका लागि गर्नसक्ने सहयोगलगायतका विषयमा बोलेका थिए । रासस


Author

थप समाचार
x