कूटनीति

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

इकागज |
असार २९, २०८० शुक्रबार ७:४० बजे

काठमाडौँ- दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै छन् । लु आज नेपाल भ्रमण आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।


दूतावासका अनुसार उनले आज नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । 

उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने दूतावासले जनाएको छ ।

लू एमसीसी संसद्‌बाट पारित गर्ने क्रममा पनि नेपाल आएका थिए ।


Author

थप समाचार
x