कूटनीति

उपप्रधान तथा रक्षामन्त्री खड्का र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता

इकागज |
कात्तिक १२, २०८० आइतबार १४:४६ बजे

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता सुरु भएको छ । महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गरे । आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुगेका हुन् ।

उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । महासचिव गुटेरेस आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्ने छन् ।



Author

थप समाचार
x