कूटनीति

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा के-के छन् एजेन्डा ?

इकागज |
पुस १८, २०८० बुधबार १२:४६ बजे

काठमाडौँ- नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक बस्दै छ । सो बैठकका लागि ऊर्जा मन्त्रालयको टोली काठमाडौँ आइपुगेको छ ।

दुवै देशका परराष्ट्रमन्त्रीको रोहवरमा वाणिज्य मन्त्रालयबीच अन्य एजेन्डामा पनि छलफल हुनेछ । 


यी हुन् एजेन्डा
- दुवै देशबीच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने प्रयास ।

- कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारेज गरेर नेपालले भारतको कृषिजन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ ।

- भारतबाट नेपालमा आयात हुने कृषि उत्पादन वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्यूटी लगाउन सक्ने प्रस्ताव ।

- नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनुपर्ने प्रस्ताव ।

- ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव ।

- भारतले जुटलगायतका सामग्रीमा लगाउँदै आएको 'एंटी डम्पिंग ड्यूटी' हटाउनुपर्ने प्रस्ताव ।

- नेपाल र भारतले एक-अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनुपर्ने प्रस्ताव ।


Author

थप समाचार
x