रोग र उपचार

जापानले अनुदानको दिएको खोप तीन दिनभित्रै आइसक्ने, आएको तीन दिनभित्रै लगाइने

इकागज |
साउन २१, २०७८ बिहीबार ६:३४ बजे

काठमाडौँ– जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेका खोप शनिबार र आइतबार नेपाल आइपुग्ने भएको छ । जापानले नेपाललाई कोभिड-१९ विरुद्धका १६ लाख खोप अनुदानमा दिने घोषणा असारको अन्त्यतिर गरेको थियो । 

यो खोप कोभिशील्डको पहिलो मात्रा लगाएका १३ लाख ४८ हजार ज्येष्ठ नागरिकलाई तीन दिनभित्र वितरण गरिने बताइएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप प्राप्त भएको तीन दिनभित्र दोस्रो डोज कोभिशील्डको प्रतिक्षामा रहेका ज्येष्ठ नागरिकलाई तीन दिनभित्र खोप वितरण गरिने प्रतिवद्धता हालै सार्वजनिक गरेका थिए । 
 



Author

थप समाचार
x