रङ्गमन्च

शैक्षिक बेरोजगारको कथा (फोटो फिचर)

शुरज थपलिया |
चैत २, २०८० शुक्रबार १०:१९ बजे

काठमाडौँ- नाटक कलाको पुरानो विधा हो । प्रत्यक्ष अभिनयबाट दर्शकसामु प्रस्तुत गरिने हुँदा यसले छुट्टै मनोरञ्जन दिन्छ । फिल्म, डकुमेन्ट्री भन्दा यो क्लिष्ट र उत्कृष्ट कला हो । 

नेपालमा पछिल्लो समय नाटक मञ्चन तीव्र गतिमा भइरहेको छ । दर्शकहरूको चाखका कारण पनि यो विधा फष्टाउँदै गएको छ । विभिन्न थिएटरहरूमा पुराना सदियौं अघिका कथाहरू नाटकको रुपमा मञ्चन भइरहेका छन् । 


ओस्कार इन्टरनेशनल कलेज सुकेधाराको साधना घर थिएटरमा रिफन्ड मञ्चन भइरहेको छ । रिफन्ड ८६ वर्षअघि लेखिएको कथा हो । जहाँ  निजी विद्यालयले गर्ने ज्यादतीको बारेमा उल्लेख छ । 

डान्स विफरको प्रस्तुति 'रिफन्ड' हाम्रो आफ्नै कथा हो । हरेक नेपालीको कथा हो । भलै यो वर्षौं अघि लेखिएको होस् तर, आज पनि उतिकै सान्दर्भिक छ । एक विद्यार्थी जसले वर्षौं पढ्दा पनि जागिर पाउँदैन ।

उसका सर्टिफिकेट कहीँ बिक्दैन अनि ऊ सर्टिफिकेट फिर्ता गर्दै आफूले तिरेको शुल्क रिफन्ड माग्छ यसमै नाटक घुमेको छ । चैत ३ सम्म प्रदर्शन हुने नाटकमा दर्शकहरूको उल्लेख्य उपस्थिति छ ।

र, यो पनि


Author

थप समाचार
x