शिक्षा

विश्वभाषा क्याम्पसमा विभिन्न भाषा अध्ययनका लागि आवेदन खुला (सूचनासहित)

इकागज |
पुस ११, २०८० बुधबार १८:२७ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस विश्वभाषा क्याम्पसले नयाँ भर्ना खुला गरेको छ ।​ शैक्षिक सत्र २०८० माघ १८ गतेदेखि सञ्चालन हुने भएकाले नयाँ भर्नाका लागि आवेदन खुला गरिएको हो ।

प्रदर्शनीमार्गमा अवस्थित क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, जापनिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन भाषाहरूको नयाँ भर्ना खुलाएको हो । यीमध्ये कुनै एक भाषा पढ्न इच्छुक विद्यार्थीहरूले तोकिएको समयभित्र आवेदन फाराम भरी क्याम्पसमा प्रकाशित सूचनाअनुसार भर्ना हुनुपर्ने छ ।


इच्छुक विद्यार्थीहरूले पुस १६ देखि पुस २६ गतेभित्र फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ ।​ त्यसैगरी अंग्रेजी लेखनबाहेक सबै भाषाका लागि एसएलसी वा एसईईमा कम्तीमा सी ग्रेड प्राप्त वा सोसरह उत्तीर्ण हुनुपर्ने छ । अंग्रेजी लेखनका लागि त्रिविबाट स्नातक वा सोसरह उत्तीर्ण भएको हुनु पर्नेछ ।


Author

थप समाचार
x