स्थानीय तह निर्वाचन २०७९

पर्सामा १० वटा स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जिते ?

माधुरी महतो |
जेठ ५, २०७९ बिहीबार २०:५३ बजे

वीरगंज – पर्साको १४ पालिकामध्ये १० वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । हालसम्म चार वटा पालिकामा जनता सामाजवादी पार्टी नेपाल, ३ वटामा नेपाली कांग्रेस, दुई वटामा नेकपा एमालक र एउटामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विजयी भएका हुन् । पर्साको बहुदरमाइ नगरपालिका, पोखरीया नगरपालिका, बिन्दवासिनी गाउँपालिका, पकाहामैनपुर गाउँपालिका, ठोरी गाउँपालिका,  पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिका, जिराभवानी गाउँपालिका, कालिकामाई गाउँपालिका र धोबिनी गाउँपालिकाको अन्तिम नजिता सार्वजनिक भइसकेको छ भने सखुवापर्साैनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, छिपहरमाई गाउँपालिका र वीरगंज महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ ।  

पर्साको बहुदरमाइ नगरपालिकाको मेयरमा जसपा विजयी भएको छ । अन्तिम परिणामअनुसार , मेयरमा सिंगासन साह तेली ६००४ मतका साथ निर्वाचित भएका हुन् । तेली , निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार शीव पटेललाइ ३४६ मतले पराजित गर्दै मेयरमा विजयी भएका हुन् । पटेलले ५६५८ मत पाएका हुन् । निवर्तमान मेयर एंव कांग्रेसका उम्मेदवार नितेन्द्र साह भने तेश्रो स्थानमा रहे । उनले ५५१६ मत मात्रै पाए । मेयरमा नवनिर्वाचित तेली, २०७४ सालको निर्वाचनमा भने स्वतन्त्र लडेर २०६३ मतका साथ चौथो स्थानमा सिमित भएका थिए । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुष्मा कुमारी कुशवाहा विजयी भएकी छन् । कुशवाहा ६४४० मतका साथ उपमेयरमा निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सोनामति देवी यादवले ५५२५ मत पाएकी छन् ।


यसैगरी पोखरीया नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । पोखरीया नगरपालिकाको मेयरमा एमालेका प्रधुम्न चौहान विजयी भएका हुन् । कांग्रेसका उम्मेदवार एंव निवर्तमान मेयर दिपनारायण रौनीयारलाइ २४३३ मतको फराकिलो मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित भएका हुन् । चौहानले ५५५४ मत पाउदा कांग्रेसका उम्मेदवार रौनीयारले भने ३१२१ मत पाएका छन् । मेयरमा नेपाल सुशासन पार्टीका शंकर राउत अहिरले २९०९, लोसपाका निजामुदिन समानीले २६१५ र जसपाका राजीव कुमार तेलीले ८५८ मत पाएका हुन् । यस्तै पोखरीयाको उपमेयरमा पनि एमालेकै रुवी कुमारी ठाकुर ५१९५ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रेहना खातुनले ३९२९, लोसपाकी आशा कुमारी चौहानले २४६५ र नेपाल सुशासन पार्टीकी विणा देवीले २२४९ मत पाएकी छन् ।

यस्तै बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमोद तिवारी र उपाध्यक्षमा नेकपा एमालेकी ज्योति देवी चौरसिया विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा लोसपाका उम्मेदवार तिवारी ४ हजार १ सय ४१ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बिन्दबासिनीले जनाएको छ । उनको निकतम् प्रतिद्वन्द्वी कांग्रेसका विवेक चौरसिया ३ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् । तिवारी ६ सय ७३ मतको अन्तरले विजयी भएका हुन् । एमालेका गम्भिरा साह तेली १ हजार ८ सय ८९, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार एवम् निर्वतमान गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु १ हजार २ सय ९२ मत र नेपाल सुशासन पार्टीका मधुसुधन चौरसियाले ५ सय ९९ मत ल्याएका छन् । गाउँपालिका उपाध्यक्षमा एमालेकी ज्योती देवी चौरसिया २ हजार ३ सय ६६ मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी सुनिता चौरसियाले २ हजार २ सय ८७ मत प्राप्त गरेका छन् । ज्योती अघिल्लो निर्वाचनमा राजपाबाट अध्यक्ष लडेका लक्ष्मण चौरसियाकी बुहारी हुन् भने सुनिता माओवादी नेता स्वर्गीय मुकेश चौरसियाकी श्रीमती हुन् । मुकेशको तत्कालिन नेकपाको दुई गुटबीच भएको झडपमा परेर मृत्यु भएको थियो । कांग्रेसकी किरण देवी गुप्ता २ हजार २ सय ८१ मत, लोसपाकी अनिता देवी गुप्ता १ हजार ६ सय ११ मत र जसपाकी मिरा ठाकुर १२०८ मत पाएका छन् । ५ वटा वडा रहेको गाउँपालिकाको ३ वटा वडामा कांग्रेस र एक÷एक वटा वडामा जसपा र माओवादी विजयी भएको छ । 

उक्त पालिकाको वडा नम्बर १ को वडाध्यक्षमा जसपाका अकक्षय लाल महतो, वडा नम्बर २ मा कांग्रेसका मुक्तीनाथ प्रसाद कुर्मी, वडा नम्बर ३ मा कांग्रेसकै जयप्रकाश चौरसिया, वडा नम्बर ४ मा कांग्रेसकै अनोज चौरसिया र वडा नम्बर ५ मा माओवादी केन्द्रका मोहन राउत अहिर विजयी भएका छन् । यसैगरी पकाहामैनपुर गाउँपालिकामा पनि कांग्रेसले जित हासिल गरेको छ । पकाहामैनपुर गाउँपालिकाको दुइ खुल्ला सदस्य र एक दलित महिला सदस्य बाहेक पालिका अध्यक्ष ,उपाध्यक्ष र पाँचवटै वडाध्यक्षसहित पुरै पदमा कांग्रेस विजयी भएको हो । बुधबार साँझ सम्पन्न गाउँपालिकाको मतगणनाको अन्तिम परिणाम अनुसार, गाउँपालिकाको अध्यक्षमा सुरेश प्रसाद मेहता निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार एंव निवर्तमान गापा अध्यक्ष विजयकुमार चौरसियालाई २ हजार १ सय ५६ मतको फराकिलो अन्तरले पराजित गर्दै मेहता गापा अध्यक्षमा निर्वाचित भएका हुुन् । मेहताले ४६८५ मत पाएका हुन् । जसपाका चौरसियाले भने २५२९ मत मत्रौ पाएको निर्वाचन अधिकृत कृष्णाप्रसाद देवकोटाले जानकारी दिए । गाँउपालिका उपाध्यक्षमा कांग्रेसकै सरफुन नेशा ४१४१ मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले भने १८७२ मत मात्रै प्राप्त गरिन् । 
यस्तै पकाहामैनपुर गाँउपालिकाको वडा नम्बर १ मा कांग्रेसका विनोद महेता ,वडा नम्बर २ मा मुकुट प्रसाद चौहान , वडा नम्बर ३ मा सन्जय प्रसाद चौहान , वडा नम्बर ४ मा ढेडी प्रसाद यादव र वडा नम्बर ५ मा वलिराम प्रसाद वरै वडाअध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा पनि एमालेकै गोकुली कुमारी रेग्मी निर्वाचित भएका हुन् । निकटम प्रतिद्वन्द्व नेकपाका माओवादी केन्द्रका निवर्तमान अध्यक्ष पदमलाल (पिएल) श्रेष्ठलाई ७ सय २० मतान्तरले पराजित गर्दै लालबहादुर विजयी भएका हुन् । लालबहादुरले ४ हजार ४९ मत ल्याउँदा पिएल श्रेष्ठले ३ हजार ३ सय २९ मत ल्याएका छन् । नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्रीसमेत रहेका बृहस्पतिकृष्ण श्रेष्ठले २ हजार ५ सय ४८ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा) का बिष्णु लोप्चनले २ सय १२ मत पाएका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निरु तामांगलाई १ हजार २ सय १६ मतले पराजित गर्दै एमालेकी गोकुली कुमारी रेग्मी निर्वाचित भएकी हुन् । रेग्मीले ४ हजार २ सय ५९ मत पाउँदा तामाङ्गले ३ हजार ४३ मत पाएकी छिन् । नेपाली कांग्रेसकी चीनमाया लामाले २ हजार ४ सय ३१ मत पाएकी छिन् । जसपाकी धना पण्डित १ सय ७१ मतमै सिमित भएकी छिन् । ठोरी वडा नम्बर १ मा पनि एमालेकै धनमान थापा मगर (६५१), २ मा कांग्रेसका अमृत कृष्ण सापकोटा (६२३), ३ मा एमालेका शम्भु खड्का (९०८),  ४ मा एमालेकै मान बहादुर थिंग (११२१) र ५ मा नेकपमा माओवादीका अष्ट बहादुर लोप्चन (८३५) विजयी भएका छन् ।

यस्तै पटेर्वासुगौली गाउँपालिकामा नेकपा एमालेको विरासत भत्काउदै कांग्रेसले जित हात पारेको छ । पटेर्वासुगौली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले जित हात पारेको हो । कांग्रेसका दिनेश कुमार चौधरी, निवर्तमान अध्यक्ष एंव एमालेका उम्मेदवार हरिनारायण चौधरीलाइ १२०० सय मत अन्तरले हराउदै गाँउपालिका अध्यक्षमा विजयी भएका हुन् । दिनेशले ५१४४ मत ल्याएका छन् भने एमालेका हरिनारायणले ३९४४ मत पाएका छन् । २०७४ को निनर्वाचनमा दिनेश, हरिनारायणसँगै ८२ मतको झिनो अन्तरले पराजित भएका थिए । यसैगरी उपाध्यक्षमा कांग्रेसकी ममता महत्तो थारु पुन दोहोरिएकी छन् । ४४४४ मतका साथ ममता , उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी मन्तुरा देवीले ४०१३ मत मात्रै पाइन् । पटेर्वासुगौली गाँउपालिकाको वडा नम्बर १ एमालेका फरमान मियाँ अन्सारी, वडा नम्बर २ मा कांग्रेसका बिजय गैरे, वडा नम्बर ३ मा कांग्रेसकै माधव प्रसाद राउत थारु , वडा नम्बर ४ मा कांग्रेसकै बासु पन्न्जियार थारु र वडा नम्बर ५ मा कांग्रेसकै बिपिन चौरसिया वडाअध्यक्षमा बिजयी भएका छन् ।

त्यसैगरी पर्सागढी नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा गोकर्ण पाठक र उपमेयरमा पूजा चौधरी निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित पाठकले ६ हजार ६२४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकनारायण यादवले ३ हजार ७३३ मत पाएका छन् । उपमेयरमा निर्वाचित चौधरीले ७ हजार ६१६ मत ल्याएर निर्वाचित भएकी हुन् । कांग्रेसकी अर्चना चौधरीले ३ हजार ४३० मत ल्याएर दोस्रो भइन् । यस्तै पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ३३ वर्षीय अनोज चौधरी निर्वाचित भएका छन् ।  निवर्तमान अध्यक्ष नेकपा (एमाले)का निवर्तमान अध्यक्ष रामप्रित महतोलाई १ हजार २ सय ६१ मतको फराकिलो मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । चौधरीले ४ हजार ५ सय ६० मत पाएका छन् भने महतोले ३ हजार २ सय ९९ मत पाएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी रेखा चौधरी विजयी भएकी छन् । उनले एमालेकी निवर्तमान उपाध्यक्ष उशा देवी थरुनीलाई १ हजार ७ सय ४५ मतको फराकिलो अन्तरले पराजित गरिन् । 

गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका रामशरण खवास थारु (१२८८), वडा नम्बर २ मा एमालेका महादेव महतो थारु (८७७), ३ मा नेपाली कांग्रेसका सुरुज राय थारु (९६४), ४ मा कांग्रेसकै राजेश्वर दास थारु र ५ मा पनि कांग्रेसकै दारा सिंह राउत थारु (९१०) मतका साथ निर्वाचित भएका छन् । त्यस्तै पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा २१ वर्षीय युवा वशिष्ट कुमार निर्वाचित भएका छन्। जनता समाजवादी पार्टी (जसपा)बाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका उनी ३ हजार ७४३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय कुमारले ३ हजार ६२६ मत ल्याएका छन्। उनले कांग्रेसका अजय कुमारलाई ११७ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसकी राजमति बरैनी विजयी भएकी छन्। उनले ३ हजार ९८२ मत पाइन्। उनकी निकटतम प्रतिस्पर्धी जसपाकी सहानी खातुनले ३ हजार ८५९ मत पाइन्। गाउँपालिकाका पाँच वडामध्ये जसपाले तीन र कांग्रेस– एमालेले एक–एक वडामा जित हात पारेका छन्। वडा नम्बर १ मा जसपाका लालबाबु चौरसिया, २ मा एमालेका सोनालाल चौरसिया, ३ मा जसपाका सञ्जय पटेल, ४ मा कांग्रेसका सञ्जय साह र ५ मा जसपाकै जयनारायण पटेल विजयी भएका छन्। 

त्यस्तै पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्।गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार मदन प्रसाद चौहान ३ हजार ९१ मत ल्याएर विजयी भएका हुन्। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार वशिष्ट नारायण कुर्मीसँग २० मतको अन्तरले विजयी भएका हुन्। कुर्मीले ३ हजार ७१ मत प्राप्त गरे। गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेसकी उम्मेदवार मन्जु देवी ३ हजार १ सय ४३ मतका साथ विजयी भइन्। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ५ सय ६६ मतको अन्तरले विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी पियँका देवी यादवले २ हजार ५ सय ७७ मत प्राप्त गरिन्। ०७४ सालको स्थानीय तहको निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका थिए। गाउँपालिकाको १, ३ र ४ मा कांग्रेसले वडाध्यक्ष जितेको छ भने, वडा नम्बर २ र ५ मा जनता समाजवादी पार्टी वडाध्यक्षमा विजयी भएको छ।
यसैविच मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरको मेयरमा सत्तागठबन्धनले एमालेसंगको अग्रता झण्डै ९ हजार पु¥याएको छ । बिहीबार अपरान्हसम्म ३२७०१ मत गणना हुदा मेयरमा गठबन्धनका उम्मेदवारले एमालेका उम्मेदवार भन्दा ८८८९ बढी मत प्राप्त गरेको जानकारी निर्वाचन अधिकृत धर्मराज पौडेलले जनाएका छन् । गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले १८३९३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार विजय कुमार सरावगीले ९५०४ मत पाएका छन् । राप्रपाका उम्मेदवार गिरिश गिरीको भने ८२२ मत रहेको छ । 

यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार इम्तियाज आलमले १३२७९ मतका साथ अग्रता कायम राखेका छन् । लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने २६९४ मत प्राप्त गरेका छन् । उपमेयरमै स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा भने १८७७ मतका साथ तेश्रो स्थानमा छिन् । राप्रपाकी उपमेयरकी उमेदवार विना जयसवालले १४४३ मत प्राप्त गरेकी छन् ।  ३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा गत शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६ सय मत खसेको थियो ।


Author

थप समाचार
x