स्थानीय तह निर्वाचन २०७९

के अब काठमाडौंमा  केशव र सिर्जनामध्ये काे दाेस्राे हुने भन्ने लडाईं सुरु भएकाे हाे ?

इकागज |
जेठ ८, २०७९ आइतबार १४:५९ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाको १ लाख २४ हजार २ सय ५ मत गणना भइसकेको छ । जसमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साह ४० हजार ४ सय २७ मत ल्याएर अग्रस्थानमा  छन् । दोस्रोमा रहेकी कांग्रेसकी सिर्जना सिंहले २३ हजार १ सय ९३ मत ल्याएकी छिन् भने तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २२ हजार ४ सय १५ मत ल्याएका छन् ।

हालसम्म ६‍० प्रतिशत मत गनिएकाे हाे । समीकरण हेर्दा अब बाँकी ४० प्रतिशत मतमा बालेनलाई सिर्जना र केशवले पाउने मतकाे करिब आधा मात्रै आए  पनि जितका लागि काफी हुने देखिन्छ ।


मत गणना गर्न ७६ हजार ९ सय ८१ मत मात्रै बाँकी छ । हालसम्मको मत गणनामा दोस्रोमा रहेकी सिंह भन्दा १७ हजार २ सय ३४ मतले साह अगाडि छन् । अहिले गौशाला, बानेश्वर, त्रिपुरेश्वर, टेकु, टेवहाल, ओमवहाल, जनवहाल र लैनचौरको मत गणना भइरहेको छ । गन्न बाँकी ७६ हजार ९ सय ८१ मतबाट कुल ८० प्रतिशत बाँडिएर २० प्रतिशत मत बालेनकाे पक्षमा गयाे भने पनि जित  िनश्चित हुने देखिन्छ। यसअघि आएका परिणामले यस्ताे नहुने भन्ने पनि छैन । त्यसैले पनि अब के दाेस्राे हुनका लागि  सिर्जना र केशवकाे लडाइँ हुन सक्ने आंकलन गर्न सकिन्छ ।

जसमध्ये केही ठाउँमा बालेन साहले राम्रो मत ल्याइरहेका छन् । भित्री ‘कोर एरिया’ भनिएका ठाउँमा पनि बालेन साहको मत अन्य उम्मेदवार हाराहारी आएको छ । यो तथ्यांकले बालेन साहसँगको मतान्तर घटाउन अन्य उम्मेदवारलाई मुस्किल देखिन्छ ।

बाँकी रहेका क्षेत्रको मत केशव र सिर्जना एक्लैले पाउने  सम्भावना छैन् । बाँकी रहेको क्षेत्रका बालेनले ठिकै मत पाए बालेनले पाए बाहेकको मत दुई उम्मेदवारमा बाँडिने छ । जसले गर्र्दा बालेनसँगको मतान्तर घटाउन सक्ने अवस्था देखिदैन ।

अहिलेको मतान्तर र बाँकी रहेको मतगणनाको आधारमा महानगरको मेयर पदमा एमाले र कांग्रेसका उम्मेदवारको लडाइँ भनेको दोस्रो बन्ने प्रतिष्ठाको लडाइँ मात्रै हुने निश्चित जस्तै भएको छ । 


Author

थप समाचार
x