स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचन

१८ पालिकाको अन्तिम नतिजा सार्वजनिक: कसले कति जिते ?

इकागज |
जेठ १, २०७९ आइतबार ८:२७ बजे

काठमाडौँ - स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न स्थानीय तहमा मतगणा भइरहेको छ । केहीमा भने अन्तिम परिणाम समेत सार्वजनिक भइसकेको छ ।

आइतबार बिहान ८ बजेसम्म अन्तिम नतिजा सार्वजनिक भएका १८ पालिकामध्ये कांग्रेस-एमालेले समान ७-७ पालिकामा जित हात पारेका छन् । माओवादी र समाजवादीले समान २-२ पालिका जितेका छन् । 


हालसम्म सार्वजनिक अतिजाअनुसार उपप्रमुखमा १९ पालिकाको नतिजा सार्वजनिक भएको छ । 

मतगणना जारी रहेका पालिकामध्ये सबैभन्दा अगाडि कांग्रेस छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । कांग्रेस २६७ पालिकामा अग्र स्थानमा हुँदा एमाले १६७ पालिकामा अग्र स्थानमा छ । माओवादी १०६ र नेकपा एकीकृत समाजवादी १३ पालिकामा अगाडि छ । 

यस्तै जनता समाजवादी २४ र लोसपा ७ पालिकामा अगाडि छ । २६ पालिकामा अन्य उम्मेदवार अग्र स्थानमा छन् । 
 


Author

थप समाचार
x