स्थानीय तह निर्वाचन २०७९

सिन्धुपाल्चोकको हेलम्बुमा फेरि कांग्रेसका निमाग्याल्जेनको जित

इकागज |
जेठ २, २०७९ सोमबार २:४० बजे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अध्यक्षमा फेरि नेपाली कांग्रेसका निमाग्याल्जेन शेर्पा विजयी भएका छन् । २०७४ मा एमालेका उम्मेदवारसँग फराकिलो मत अन्तरले अध्यक्ष बनेका उनी यो निर्वाचनमा फेरि विजयी भएका हुन् ।

शेर्पाले नेकपा एमालेका दावा लामालाई हराउँदै विजयी बने । ५३८६ मत ल्याएका शेर्पाका प्रतिद्वन्द्वी दावाले ४६०३ मत मात्रै ल्याए । तेस्रो स्थानमा माओवादी केन्द्रका पेमा लामा भए । उनी ८१३ मतमै खुम्चिए ।


उपाध्यक्षमा ५२१४ मत ल्याउँदै कांग्रेसकै अप्सरा लम्साल विजयी भइन् । प्रतिष्पर्धी एमालेकी गंगा अर्याललाई उनले पछाडि छाडिन् । अर्यालले ४६७१ मत ल्याइन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष उम्मेदवार सुजन पाख्रिनले ४९२ मत ल्याए ।
 


Author

थप समाचार
x