रोजगारी

कोभिड प्रभावित होटेलको इजाजत र नवीकरणमा  छुट दिने

इकागज |
जेठ १५, २०७९ आइतबार १७:१३ बजे

काठमाडौँ - सरकारले कोभिड महाबारीबाट प्रभावित होटेल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको इजाजत र नवीकरणमा छुट दिने जनाएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोरोना प्रभावित क्षेत्रका होटेल र पर्यटनसँग सम्बन्धित व्यवसायको इजाजत र नवीकरण गर्दा छुट दिने व्यवस्था मिलाउने जनाए ।


यसका साथै पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिने सरकारले जनाएको छ । 


Author

थप समाचार
x