रोजगारी

सेनामा जागिर खुल्यो, चार हजार सैन्य पदका लागि दरखास्त आह्वान

इकागज |
भदौ २४, २०७९ शुक्रबार ७:१८ बजे

काठमाडौँ - नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ । नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो ।  देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ । 

भदौ २४ देखि असोज २३ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ।  दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।



Author

थप समाचार
x