रोजगारी

वैदेशिक रोजगार जाने कामदारले क्युआर कोडसहितको खोप कार्ड म्यानपावरबाट पाउने

इकागज |
साउन २९, २०७८ शुक्रबार १८:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- वैदेशिक रोजगारमा जानेहरूले क्यूआर कोडसहितको खोप कार्ड म्यानपावरबाट पाउने भएका छन् । वैदेशिक रोजगारी जानेहरूलाई  कोभिड-१९ पूर्ण खोपको विधुतीय प्रमाणीकरणका लागि फारम सम्बन्धित संस्था (म्यानपावर) बाट भर्ने व्यवस्था मिलाउन निर्देशन दिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्‍ठले बताएका छन् ।

शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र व्यावसायीबीच भएको छलफलमा व्यावसायीहरूको संस्थालाई क्युआर कोड उपलब्ध गराउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महासचिव सुजितकुमार श्रेष्‍ठले जानकारी दिए ।  


उनका अनुसार इजाज़तपत्रवाला संस्थाहरु आफैँले कामदारको आवश्यक विवरण सहितको अनलाइन दर्ता  गर्नु पर्ने र स्वास्थ्य सेवा बिभागले क्यूआर  कोड सहितको प्रमाणपत्र सम्बन्धित म्यानपवार कम्पनीको इमेलमा पठाइने उनले बताए । 'आजैको मिति बाट लागू हुने गरी सहमती भएको छ,' श्रेष्‍ठले भने ।


Author

थप समाचार
x