उद्यम

बैंक तथा वित्तीय संस्था ‘शत्रु’ भयाे : दुर्गा प्रसाई

इकागज |
फागुन २१, २०७९ आइतबार १९:४ बजे

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्थाहरूलाई ‘शत्रु’को संज्ञा दिएका छन् ।​

आइतबार काठमाडौंको माइतीघरमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरूले साथ दिने भन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्ति समेत जनाए । सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तीय संस्थाहरूको विरोधमा आन्दोलनको नै सुरुवात गर्नु परेको उनले जिकिर गरे ।


प्रसाईले १७ लाख परिवारको घर बैंक तथा वित्तीय संस्थाहरूले लिलामी गर्ने सूचना आफूले पाएको दाबी समेत गरे । उनले भने, ‘बैंक, लघुवित्त, सहकारीहरूले साथ दिने होइन, शत्रुका रूपमा व्यवहार गर्ने काम भयो । आफ्नै घरमा समेत बस्न नदिने अवस्थामा बैंकहरूले पुर्‍याए । त्यसो भएपछि आफूहरूले आन्दोलन नै सुरु गर्नु पर्‍यो ।’​

प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा शनिबार (हिजो)बाट आन्दोलनको कार्यक्रम सुरु गरेका छन् । त्यस क्रममा उनका समर्थकहरूले गणतन्त्र, संघीयता खारेज हुनुपर्ने जिकिर गर्दै प्रदर्शन गरेका थिए । गणतन्त्रमा नेता धनी हुने, जनता बैंकहरूको महंगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकाले आफूहरूले विरोध गर्नु परेको प्रसाईको भनाइ थियो ।


Author

थप समाचार
x