उद्यम

विराटनगरमा ल्याण्ड गर्न नसकेर काठमाडौँ फर्केको बुद्ध एयरले भन्यो : सुरक्षित हवाई यात्रामा प्रतिबद्ध छौँ

इकागज |
असोज ११, २०७८ सोमबार १२:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा इन्डीकेटरमा खराबी देखिएपछि बुद्ध एयरको जहाज काठमाडौँमा सफल अवतरण गरेको छ । इन्डिकेटरमा समस्या देखिएपछि र टावरले पनि गियर नझरेको संकेत दिएपछि जहाजलाई विमान चालकले काठमाडौँ फर्काएको बुद्ध एयरले जनाएको छ ।

सोमबार विराटनगरतर्फ गएको नाइनएन एनआई उडान संख्या युफोसेभेनशून्यवान विमानमा कुल ७३ जा यात्रु सवार थिए । बयस्क ६८, नवजात शिशु ३ र बच्चा २ जना थिए । सुरक्षा निर्देशिकाअनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पूरा गरी सुरक्षितसाथ अवतरण गरेको हो ।


बुद्ध एयरकाअनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराएको छ । बुद्ध एयरले विज्ञप्ति जारी गरेर पुनः सुरक्षित हवाई यात्राको प्रतिबद्ध रहेकाे जनाएको छ ।

 

 

 


Author

थप समाचार
x