वातावरण

मान्छे मार्ने बाघलाई राखियो चिडियाखानामा

इकागज |
बैशाख १०, २०८० आइतबार २०:२३ बजे

फाइल फोटो

काठमाडौं - कञ्चनपुरको बेलौरीबाट नियन्त्रणमा लिइएको बाघलाई ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ ।

९ वैशाखमा बेलौरी नगरपालिका–पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई आइतबार सदर चिडियाखानास्थित बाघ खोरको होल्डिङ कोठामा राखिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले दिएको जानकारी अनुसार पोथी बाघ अन्दाजी पाँच वर्षको रहेको छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णयअनुसार शुक्लाफाँटा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघ सदर चिडियाखाना ल्याएको हो । यो बाघले ८ वैशाखमा पचुईकी ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । 

घटनाको २२ घन्टापछि मात्र बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघविज्ञ डा. दिनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभाष श्रेष्ठसहितले हात्ती परिचालन गरी डार्ट गरेर नियन्त्रणमा लिएका थिए । चन्द मृत फेला परेकी थिइन् ।


Author

थप समाचार
x