वातावरण

देशैभर पानी पर्ने, मधेशमा हावाहुरीको सम्भावना

इकागज |
बैशाख १८, २०८० सोमबार ६:३४ बजे

फाइल फोटो

काठमाडौँ  - देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । देशभर आंशिक देखि सामान्य बदली रहने छ। आज दिउँसो देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।


मधेश प्रदेशका एक/दुई स्थानमा हावा हुरीको सम्भावना समेत छ। आज राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाले देशैभरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको  र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।


Author

थप समाचार
x