वातावरण

चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने

इकागज |
बैशाख ३०, २०८० शनिबार ६:१८ बजे

काठमाडौं - हाल देशमा  स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।​


दिउँसोː कोशी प्रदेशका साथै गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेशका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको सम्भावना रहेको छ ।

राती भने देशभर मौसम सामान्यतया सफा रहने छ।


Author

थप समाचार
x