वातावरण

आजको मौसम

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा पानी पर्ने

इकागज |
जेठ २, २०८० मंगलबार ६:७ बजे

फाइल तस्बिर

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।


दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहनुका साथै पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

 


Author

थप समाचार
x