वातावरण

सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमपातको सम्भावना

इकागज |
कात्तिक ५, २०८० आइतबार ७:६ बजे

काठमाडौँ- आइतबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।


पश्चिमी वायुको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

तर राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।


Author

थप समाचार
x