वातावरण

वर्षा र हिमपातको सम्भावना

इकागज |
कात्तिक ६, २०८० सोमबार ७:५ बजे

काठमाडौँ- आज देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

देशको अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।


हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ ।


Author

थप समाचार
x