जात्रा-पर्व

प्रतीकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथकाे रथयात्रा सम्पन्‍न गरिने

इकागज |
बैशाख २९, २०७८ बुधबार १९:२ बजे

ललितपुर : प्रतिकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथकाे रथयात्रा सम्पन्‍न गर्ने निर्णय गरिएकाे छ । रातो मच्छिन्द्रनाथको रथयात्रा सम्बन्धमा बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्‍नेतकाे अध्यक्षतामा बसेकाे  बैठकले रथयात्राकाे चाैथाे दिन जेठ १ गते प्रतिकात्मक रूपमा तानी रातो मच्छिन्द्रनाथकोे रथयात्रा सम्पन्‍न गर्ने र रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती पुर्‍याउने निर्णय गरेकाे हाे ।

त्यस्तै जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञाको मर्म विपरित नहुने गरी तथा कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणको सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको जनस्वास्थ्य मापदण्डहरुको अनिवार्य रूपमा पालना हुने र सुरक्षा घेराभित्र रथ रहने गरी अनुशासित रूपमा सम्पन्‍न गर्ने सम्बन्धमा सबै सुरक्षा निकायहरूले समन्वयात्मक कार्य गर्ने निर्णय गरेकाे छ।


 


Author

थप समाचार
x