जात्रा-पर्व

मनाइयो तमु ल्होसार

इकागज |
पुस १५, २०८० आइतबार १७:१७ बजे

काठमाडौँ- तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाएका छन् ।

पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । तमु ल्होसारका अवसरमा काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका थिए ।


‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने विश्वास गरिन्छ । 


Author

थप समाचार
x