अर्थ / बाणिज्य

हवाइमार्गबाट नेपाल प्रवेश गरेका भारतीय निर्वाध तेस्रो मुलुक जान पाउने

इकागज |
बैशाख ८, २०७८ बुधबार १४:५१ बजे

काठमाडौं : भारतीय पासपोर्टसहित हवाइ रुटमार्फत नेपाल आएका भारतीय नागरिकलाई तेस्रो मुलुक जाँदा भारतीय दूतावासबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । काठमाडौं स्थित भारतीय दूतावासले यस्तो जानकारी दिएको हो ।

यो व्यवस्था बुधबारबाट लागू हुनेछ । यो व्यवस्था दुई महिना (जुन १९सम्म)सम्म लागू हुने दूतावासले जानकारी दिएको छ । काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागन अधिकारीहरूलाई जानकारी गराइसकेको समेत उल्लेख छ ।



Author

थप समाचार
x