अर्थ / बाणिज्य

सेयर बजार झरेर २५८५ को बिन्दुमा

इकागज |
बैशाख १५, २०७८ बुधबार १८:१६ बजे

काठमाडौं : सेयर बजार बुधवार २ हजार ५८५ दशमलव २८ बिन्दुमा झरेको छ । नेप्से परिसूचक १३ दशमल ७९ अंकले घटेको हो । बुधवार व्यापारिक, उत्पादन तथा प्रशोधन र अन्य समूह बाहेकका समूहगत परिसूचक घटेका छन् । यसदिन व्यापारिक समूहको शून्य दशमलव २५ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९८ प्रतिशत र अन्य समूहको शून्य दशमलव ९ प्रतिशत परिसूचक बढेको हो ।

यो दिन वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव २४ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ्गको शून्य दशमलव ७९ प्रतिशत, होटल्स तथा पर्यटन समूहको शून्य दशमलव ५८ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८५ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७५ प्रतिशत घटेको छ ।

यसैगरी निर्जीवन बीमाको ०.८१ प्रतिशत, लघवित्तको ०.८९ प्रतिशत, जीवन बीमाको ०.८८ प्रतिशत, म्युचुअल फन्डको ०.०८ प्रतिशत र लगानी समूहको ०.१ प्रतिशत परिसूचक घटेको छ ।

घटेको बजारमा विशाल बजार कम्पनी र महिला लघुवित्तको सेयर मूल्य भने ९ दशमलव ९९ प्रतिशत बढेको छ । विशाल बजार कम्पनीको प्रतिकित्ता ४२१ रुपैयाँले बढेर अन्तिम मूल्य ४ हजार ६३६ र महिला लघुवित्तको प्रतिकित्ता २५८ रुपैयाँले बढेर अन्तिम मूल्य २ हजार ८४१ रुपैयाँ कायम भएको हो ।

बुधवारको ३ अर्ब ९८ करोड ३५ लाख ३३ हजार रुपैयाँबराबरको ८९ करोड ५३ लाख ४५१ कित्ता सेयर कारोबार भएको छ । यो कारोबार २१५ वटा कम्पनीको ४६ हजार ८०२ पटकको व्यापारमा भएको हो ।

यसदिन सर्वाधिक रकमको सेयर कारोबार एनसीसी बैंकको भएको छ । एनसीसी बैंकको २८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।



Author

थप समाचार
x