अर्थ / बाणिज्य

उद्घाटन भएदेखि नै बन्द छ नापी र मालपोत कार्यालय

इकागज |
माघ २०, २०७९ शुक्रबार १८:२७ बजे

सुर्खेत। रुकुम पश्चिमको आठबीसकोट-९ मा  मालपोत र नापी कार्यालय स्थापना हुँदा थपिएको उत्साह अहिले निरासामा बदलिएको छ । कार्यालय स्थापना भएको चार महिनादेखि ठूलो ताल्चाले कार्यालयलाई स्वागत गरिरहेको छ । कार्यालय असोज १० गते उद्घाटन मात्र खुलेको त्यसयता पुरै समय बन्द भएपछि सेवाग्राहीको उत्साह निरासामा बदलिएको हो । 

जिल्लाको आठबीसकोट र बाँफीकोटका केही क्षेत्रलाई आधार मानेर कार्यालयमा साइनबोर्ड झुड्याएको छ । उक्त कार्यालय सञ्चालनका लागि केन्द्रबाट न कुनै पत्र आएको छ न त बजेट नै मालपोत कार्यालय रुकुमपश्चिमका कार्यालयका प्रमुख ओमबहादुर केसीले बताए ।


दैनिक सेवा लिन सर्वसाधारणहरु आउने गरेपनि बन्द भएको कार्यालय हेरेर फर्कने गरेको स्थानीय कमल शाहले बताए । अहिले यहाँ तोकिएका कर्मचारीहरु सदरमुकाममा फर्कीएका छन् । 


Author

थप समाचार
x