अर्थ / बाणिज्य

युएइद्वारा बुधबारबाट नेपाली नागरिकलाई प्रवेशमा रोक

इकागज |
बैशाख २७, २०७८ सोमबार १५:१० बजे

फाइल फोटो

काठमाडौं : युनाइटेड अरब इमिरेट्सले नेपाललगायत दक्षिण एशियाली मुलुकहरूलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएको छ । बुधबारबाट लागू हुने गरी प्रवेशमा रोक लगाउने निर्णय भएको हो । 

अरबको राष्ट्रिय आपतकालीन संकट तथा प्रकोप व्यवस्थापनसम्बन्धी प्रधिकरणले आफ्नो वेबसाइटमार्फत प्रवेशमा रोक लगाएको जानकारी दिएको छ ।  उसले बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकलाई समेत प्रवेशमा रोक लगाएको छ ।

कोभिड-१९ को कारण देखाउँदै मुलुकले यस्तो निर्णय गरेको बताएको छ । यद्यपि युएइबाट चार मुलुकतर्फको उडान भने सुचारु राखिने उसले बताएको छ । पछिल्लो महिनामा मात्रै युएइले भारतको उडानमाथि प्रतिबन्ध लगाएको थियो ।



Author

थप समाचार
x