अर्थ / बाणिज्य

अरुण भ्यालीको हकप्रद भर्ने आइतबार अन्तिम दिन

इकागज |
जेठ २, २०७८ आइतबार १२:५३ बजे

काठमाडौं : अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर आइतबार बन्द हुने भएको छ । कम्पनीको चैत ८ गतेसम्म कायम भएका सेयरधनीहरूले आइतबार बैंकिङ समयसम्म हकप्रद भर्न पाउने उल्लेख छ ।

बैशाख ६ गतेबाट एक सेयर बराबर ० दशमलव पाँच सेयरको अनुपातमा प्रति सेयर एक सय रुपैयाँ अंकित दरले ५२ लाख ४१ हजार एक सय ९७ कित्ता हकप्रद निष्काशन भएको थियो ।



Author

थप समाचार
x