अर्थ / बाणिज्य

नेप्सेमा ६ अंकको सामान्य वृद्धि

इकागज |
जेठ ६, २०७८ बिहीबार १५:४३ बजे

काठमाडौँ : साताको सेयर कारोबार हुने दिन नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । छ दशमलव ३७ अंकले (० दशमलव २३ प्रतिशत) बढेर नेप्से २७८७.१८ बिन्दुमा पुगेको हो । 

मञ्‍जुश्री फाइनान्स र गुडविल फाइनान्सको सेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ । मञ्‍जुश्री फाइनान्सको मूल्य ५४ रुपैयाँले बढेर पाँच सय ९४ रुपैयाँ कायम भएको छ । गुडविलको सेयर मूल्य ३६ रुपैयाँले बढेर तीन सय ९६ रुपैयाँ कायम भएको छ । 


कारोबारमा आएका पाँच समूहका परिसूचक वृद्धि भएको थियो । त्यसबाहेकका समूहका परिसूचक घटेका छन् । सबैभन्दा ठूलो वृद्धि फाइनान्स समूहको परिसूचक देखियो । यो ६.१२ प्रतिशतले बढेको छ । विकास बैंक समूहको परिसूचक ३.७ प्रतिशतले बढेको छ । 

६ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । समता लघुवित्त, गुर्खाज फाइनान्स, युनाइटेड इदीमर्दी, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकको सेयर भाउ नौ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएका छन् । 

बिहीबार कूल नौ अर्ब ३० करोड ५२ लाख रुपैयाँ सेयर किनबेच भएको छ । एक लाख ६ हजार पटकको कारोबारमा दुई करोड एक लाख ३३ हजार ६ सय २ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । ३४ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ । 


Author

थप समाचार
x