अर्थ / बाणिज्य

एमजीले ल्यायो एक्सचेञ्ज अफर

इकागज |
साउन ३०, २०८० मंगलबार १३:३५ बजे

काठमाडौँ – एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्राइभेट लिमिटेड (प्रा.लि.)ले एक्सचेन्ज अफर ल्याएको छ । 

आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् । 


पारामाउन्ट मोटर्स प्रा.लिका प्रतिनिधिले भने , ‘एमजी मोटर्सको १००औं वार्षिकोत्सवको अवसरमा हामीले यो अफर ल्याएका छौँ । हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकहरूले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौँ । ’

श्रावण २६ देखि भाद्र २४ सम्म लागु हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, विरगञ्ज , विराटनगर स्थित डिलरहरूमा उपलब्ध हुनेछ । 

यस अवधिमा ग्राहकहरूले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन् ।
 


Author

थप समाचार
x