अर्थ / बाणिज्य

रोयल इन्फिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक

इकागज |
भदौ २९, २०८० शुक्रबार १२:४६ बजे

काठमाडौँ – रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल इन्फिल्ड क्लासिक ३५० र क्लासिक ३५० क्रोम सार्वजनिक गरेको हो ।

कम्पनीले क्लासिक ३५० को मूल्य पाँच लाख २५ हजार रुपैयाँ र क्रोम भेरियन्टको पाँच लाख ३० हजार रुपैयाँ तोकेको छ । कम्पनीले यी दुवै भेरियन्टको बूकिङ समेत खुलाएको छ ।


दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको छ । यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको छ भने अन्य फिचरहरू केही परिवर्तन नगरी पुरानै यथावत राखेको छ ।

नयाँ दुवै मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, एसआएचसी एफआइ बीएस ६ इन्जिन रहेको छ ।

उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०।४८ बे्रकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।

रेट्रो टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एग्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्स र ट्वीन सक अब्जर्बार जस्ता फिचरहरू पाउन सकिन्छ ।


Author

थप समाचार
x