अर्थ / बाणिज्य

माछापुच्छ्रे बैंक २४औँ वर्षमा प्रवेश, विभिन्न अफर सार्वजनिक

इकागज |
असोज १८, २०८० बिहीबार १२:३२ बजे

काठमाडाैँ – माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा माछापुच्छ्रे बैंक स्थापना भएको थियो ।

वार्षिकोत्सवको अवसरमा बैंकले एक विशेष कार्यक्रमको आयोजना गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान समेत गरेको छ ।


कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति, प्रगति र सम्वृद्धिका लागि सहयोग गर्ने सबैमा धन्यवाद समेत दिए ।

महतोले आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै ग्राहकहरूलाई थप उत्कृष्ट सुविधाहरू प्रदान गर्दै बैँकको संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्ना सेवाहरूलाई अझ सरल, सहज र विश्वसनीय ढंगले जिम्मेवारी बोध गर्दै देशको आर्थिक विकासमा टेवा पुर्‍याउन निरन्तर लागि पर्ने प्रतिबद्धता जनाएका थिए ।

बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार क्यासब्याक लगायतका अफरहरू सार्वजनिक गरिएको हो । जसको उपयोग डिजिटल सेवा सुविधाहरू (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड)बाट लिन सकिने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत दुईजना फोन पे मर्चेन्टले सामसुङ ट्याब्लेट र एकजनाले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् ।

साथै एमबिएल एम स्मार्टबाट फोन पे बिलमाफर्त बिल भुक्तानी गर्दा एक जना भाग्याशाली ग्राहकले निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यो अफर १५ असोजदेखि ३० असोजसम्म लागु हुने बैंकले जनाएको छ ।

यसैगरी बैंकका ग्राहकले दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्म (५२३ र ७२३ रुपैयाँ)को क्यासब्याक , नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्दा २३ प्रतिशतसम्म (२२३ रुपैयाँ) को क्यासब्याक, सिटीटेकको तिनजना फिनपोस मर्चेन्टले प्रति दिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, सीजी डिजिटल तथा सेलट्रोन प्रालिले एक भाग्यशाली मर्चेन्टलाई सीजी टिभी र सेलट्रोन मार्फत हनर फोन पाउन सक्ने बताइएकाे छ ।

मोकोमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाइरहेका छन् । यो योजना १ असोजदेखि सुरु भएर १७ असोजसम्म लागु हुनेछ ।


Author

थप समाचार
x