अर्थ / बाणिज्य

बजेट अध्यादेशलाई सेयर बजारको स्वागत

नेप्से परिसूचक ऐतिहासिक उचाइमा, कारोबार रेकर्ड तोडियो

इकागज |
जेठ १६, २०७८ आइतबार १५:३७ बजे

काठमाडौँ : आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेश सार्वजनिक भएको भोलीपल्ट सेयर बजार नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेको छ । कारोबारमा आएका बैंकिङ तथा वित्तीय क्षेत्रका कम्पनीहरूको परिसूचक बढेपछि सेयर बजारमा वृद्धि भएको हो ।

संविधान कार्यान्वयनमा आएपछि पहिलोपटक अध्यादेशमार्फत बजेट आएको हो । पछिल्ला वर्षहरूमा सरकारले बजेटमार्फत पुँजीबजारलाई नियमन र सहजिकरणको व्यवस्था गर्दा नेप्से परिसूचक कमजोर हुने गरेको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि अर्थमन्त्री बनेका डा. युवराज खतिवडाले सार्वजनिक गरेका बजेट वक्तव्यपछि सेयर बजारमा खासै सकारात्मक परिसूचक देखिएका छैनन् । बजेटबाट लगानीकर्ता तथा धितोपत्र व्यवसायीले सकारात्मक सम्बोधनको अपेक्षा गर्ने वा नियमनको त्रासका कारण बजार प्रभावित हुनेगरेको छ ।

पछिल्लो समय लगातार रेकर्ड बनाउँदै गइरहेको नेप्से परिसूचक बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन सामान्य घटेको थियो । नियामकबाट पुँजीबजार सम्बन्धी करको व्यवस्थामा फेरबदल हुने चिन्ताले लगानीकर्ताहरू 'पर्ख र हेर'को अवस्थामा थिए । तर, शनिबार सार्वजनिक भएको आर्थिक अध्यादेशमा पुँजीबजार क्षेत्रमा करको विषयमा कुनै फेरबदल नभएपछि लगानीकर्ताहरूमा उत्साह देखिएको छ ।

आइतबार नेप्से १.१३ प्रतिशतले बढेर २८४७.३० बिन्दुमा पुगेको छ । विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन समूहका परिसूचकमा ठूलो वृद्धि देखिएको छ । विकास बैंक समूहको परिसूचक आठ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ । फाइनान्स समूहमा ६.०९ प्रतिशतको वृद्धि भएको छ ।  

आइतबार १७ अर्ब दुई करोड ८४ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख ७३ हजार पाँच सय ३७ पटकको कारोबारमा चार करोड २६ लाख ३६ हजार तीन सय ४८ कित्ता सेयर किनबेच भएको छ ।
१७ कम्पनीङ्को सेयर मूल्यमा उछाल आएको छ । जसमध्ये ज्योति विकास बैंकको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । यो बैंक सेयर भाउ प्रति कित्ता तीन सय ६३ रुपैयाँ कायम भएको छ ।



Author

थप समाचार
x