अर्थ / बाणिज्य

एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १७:२४ बजे

काठमाडौँ – नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् ।

आचार्यलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरेका थिए । 


काठमाडाैँको सिनामंगलमा जन्मेका आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए । उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम समेत गरेका थिए ।

चाटर्ड एकाउन्टेन्ट समेत रहेका उनले लक्ष्मी सनराइजमा आउनुभन्दा पहिले विभिन्न अडिट फर्महरूमा कार्यरत थिए । 

एफवान सफ्टमा नियुक्त भयसँगै आचार्यले भने, ‘वित्तीय टेक्नोलोजीलाई तीब्र गतिमा अगाडि बढाइरहेको एफवानसफ्ट ग्रुप दिनानुदिन ठूलो संस्था बनिरहेको छ । यस संस्थालाई वित्तीय क्षेत्रबाट आफूले सहयोग पुर्याउने छु । यसका लागि म खुशी छु ।’ 


Author

थप समाचार
x