खेलकुद

टेबल टेनिसको दक्षिण एसियाली ओलम्पिक छनोट नेपालले आयोजना गर्दै

इकागज |
बैशाख २३, २०८१ आइतबार १६:२० बजे

काठमाडौँ- फ्रान्समा जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुने पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा आयोजना हुने भएको छ ।

टेबल टेनिसको छनोट प्रतियोगिता १३ देखि १५ तारिखसम्म काठमाडौँको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने भएको छ ।


छनोट प्रतियोगितामा नेपालसँगै बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीहरूको सहभागिता रहनेछ ।

छनोट प्रतियोगितामा हरेक राष्ट्रबाट समान २-२ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताबाट महिला र पुरुषतर्फ समान १-१ विजेताले सिधै ओलम्पिकमा स्थान सुरक्षित गर्नेछन् ।

नेपालबाट पुरुषतर्फ संयोग कपाली र स्यान्टु श्रेष्ठ तथा महिलातर्फ नविता श्रेष्ठ र इभाना थापाको सहभागिता हुने तय भएको छ ।


Author

थप समाचार
x